२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ६० रुपैयाँ, र टनेलमा फलाएको गोलभेँडा प्रतिकिलो ९५ रुपैयाँ तोकिएको छ। त्यस्तै, आलु रातो ७० रुपैयाँ, आलु रातो (भारतीय) र आलु सेतो दुबैको प्रतिकिलो मूल्य ४५ रुपैयाँ कायम गरिएको छ। प्याज (भारतीय) प्रतिकिलो ३९ रुपैयाँ तोकिएको छ।

गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ र तराईमा उत्पादन भएको गाजर १०० रुपैयाँमा तोकिएको छ। बन्दा (लोकल) ६० रुपैयाँ र काउली (स्थानीय) १०० रुपैयाँमा बिक्री हुने समिति जनाएको छ। मूला, भन्टा, बोडी, सिमी, करेला, लौका, परवर, घिरौँला, फर्सी लगायतका तरकारीमा पनि मूल्य परिमार्जन गरिएको छ।

त्यसैगरी, च्याउ (कन्य र डल्ले) दुबै प्रतिकिलो ४०० रुपैयाँ, कुरिलो ११०० रुपैयाँ, जिरीको साग ४०० रुपैयाँ, पार्सले ८०० रुपैयाँ र पुदिना ४५० रुपैयाँ तोकिएको छ।

फलफूलमा स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ, अनार ४५० रुपैयाँ, सुन्तला (नेपाली) ११५ रुपैयाँ, जुनार २५० रुपैयाँ, र किबी ३५० रुपैयाँ तोकिएको छ।

त्यस्तै, खुर्सानी, लसुन, धनियाँ, माछा र अन्य वस्तुहरूको पनि मूल्य पुनःनिर्धारण गरिएको छ। सुकेको खुर्सानी प्रतिकिलो ४२० रुपैयाँ, लसुन (चाइनिज) २०० रुपैयाँ, हरियो धनियाँ ३५० रुपैयाँ र ताजा माछा (रहु) ३४० रुपैयाँमा तोकिएको छ।

कालीमाटी बजारले दैनिक उपभोग हुने तरकारी र फलफूलको मूल्य निर्धारण गर्दै बजारमा स्थिरता ल्याउने प्रयास गरेको समितिले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय