२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको आलोचना गर्दै युवाको नाममा अराजकता फैलाइएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलनका नाममा हिंसा र तोडफोड प्रोत्साहित गरिएको आरोप लगाए।

उनका अनुसार देशको जनधनको क्षति गराउने गतिविधिलाई परिवर्तन र क्रान्तिको नाममा सुन्दर ढंगले प्रस्तुत गर्न खोजियो, तर त्यसको परिणाम देशलाई असंवैधानिक दिशातर्फ धकेल्ने काम भएको हो। ओलीले भने, “युवाको नाममा अराजकता मच्चाइयो, जुन जेनजी आन्दोलनमा देखियो।”

अध्यक्ष ओलीले यो अवस्थाको दीर्घकालीन असरबाट देशलाई जोगाउन युवाको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै जिम्मेवार बन्न आग्रह गरे। उनले भने, “जेनजी भन्ने कुरा कुनै सामाजिक वा मानवीय विकासको अवधिसँग होइन, प्रविधिको चरणसँग सम्बन्धित हो। त्यसलाई युवासँग जोडेर उनीहरुलाई भावनात्मक रूपमा प्रयोग गर्न खोजियो।”

ओलीले भदौ २३ र २४ गते माइतीघरमा देखिएको प्रदर्शन र त्यसपछि देशभर भएका हिंसात्मक गतिविधिलाई पूर्वनियोजित भने। उनका अनुसार, “२४ गतेको हिंसा र क्षति २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन। त्यो त योजना अनुसार म्याप बनाई अघि बढाइएको थियो।”

उनले भने, युवाले भावनामा होइन विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ। “यो देश युवाकै काँधमा टेकेर अघि बढ्ने हो। त्यसैले युवाले जिम्मेवारीपूर्वक सोच्न जरुरी छ,” ओलीले जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय