२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा प्रहरीले अनुसन्धानको घेरा अझै फैलाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस मामिलामा नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ भने, अब अनुसन्धानको दायरा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालसम्म पुगेको संकेत देखिएको छ।

प्रहरी स्रोतका अनुसार सो जग्गा लिज सम्झौतामा उच्च राजनीतिक तहको मिलेमतो भएको प्रमाण भेटिएको छ। सीआईबीका अनुसार ट्रस्टको नाममा रहेको करिब १ रोपनी १४ आना दरबारमार्गस्थित जग्गा भाडामा दिनुका क्रममा सरकारले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको देखिएको छ।

२०७१ सालमा स्वीकृत गरिएको प्रस्तावअनुसार ट्रस्टले बोलपत्र आह्वान गरेपछि थामसेर्कु ट्रेकिङले ६ अर्ब २६ करोड रुपैयाँ प्रस्ताव गरेको थियो। तर केही समयमै सो प्रस्ताव फिर्ता लिँदै थामसेर्कुले नयाँ दर पठाएको थियो, जसअनुसार अन्ततः १ अर्ब ४० करोडमा सम्झौता गरिएको थियो। यसबाट सरकारलाई करिब ५ अर्ब रुपैयाँ घाटा भएको बताइन्छ।

त्यस समयमा ट्रस्टका संरक्षक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। त्यस्तै, तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेत र विमलेन्द्र निधि पनि सो निर्णय प्रक्रियासँग जोडिएका थिए। ट्रस्ट ऐनअनुसार त्यस समयमा प्रधानमन्त्री संरक्षक र गृहमन्त्री अध्यक्षका रूपमा जिम्मेवार हुने व्यवस्था रहेको थियो।

छानबिनमा संलग्न प्रहरी अधिकारीहरूले उच्च तहसम्मको संलग्नता पुष्टि हुनसक्ने संकेत दिएका छन्। उनीहरूको भनाइमा, “छिट्टै केही ठूला नामसमेत अनुसन्धानको घेरामा आउन सक्छन्।”

नेपाल ट्रस्ट २०६४ सालमा तत्कालीन राजपरिवारको सम्पत्ति राष्ट्रको नाममा ल्याएर व्यवस्थापन गर्न स्थापना गरिएको थियो। हालसम्म ट्रस्टका धेरै सम्पत्तिहरू विभिन्न निजी कम्पनीहरूलाई भाडामा दिइएका छन्, जसमा यति समूहका कम्पनीहरूको प्रमुख भूमिका देखिन्छ।

यसअघि पनि गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओली र रक्षामन्त्री ईश्वर पोखरेलको नाम समेत मुछिएको थियो। सीआईबीले अहिले सो प्रकरणका सम्पूर्ण कागजातहरू संकलन गरी विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय