२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीसँग विस्तृत छलफल गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुन शमशेर राणा लगायतका अधिकारीहरू सहभागी थिए।

बैठकमा आयोगले निर्वाचनका करिब ६० प्रतिशत तयारी पूरा भइसकेको जानकारी गराएको थियो। आयोगका अनुसार तोकिएको मिति फागुन २१ गतेमै निर्वाचन सम्पन्न गर्न कुनै बाधा छैन। भण्डारीका अनुसार, अघिल्ला चुनावमा बहिष्कार गर्ने दल र समूहहरू पनि यसपटक सहभागी हुन इच्छुक भएकाले यस वर्षको वातावरण विगतको तुलनामा सहज भएको छ।

आयोगले मतदाता नामावली अद्यावधिक कार्य तीव्र रूपमा भइरहेको र मतदाता नाम दर्ता प्रणालीमा चाप व्यवस्थापन गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सत्रमा काम भइरहेको जानकारी गराएको छ। साथै, राष्ट्रिय परिचयपत्र प्रणालीबाट मतदाता विवरण समावेश गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको आयोगले बताएको छ।

प्रधानमन्त्री कार्कीले उम्मेदवारको खर्च घटाउने र अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउने सम्भावनाबारे चासो देखाउनुभएको थियो। उहाँले निष्पक्ष, पारदर्शी र खर्चनियन्त्रणयुक्त निर्वाचन सुनिश्चित गर्न सरकार पूर्ण रूपमा सहयोगी रहने प्रतिवद्धता जनाउनुभयो।

हालसम्म आयोगमा एक करोड ८३ लाखभन्दा बढी मतदाता अभिलेखित भइसकेका छन् भने २२ राष्ट्रिय र २ अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराइसकेका छन्। आयोगले चाँडै निर्वाचन कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय