२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले उठाएका माग पूरा नभएसम्म कुनै पनि निर्वाचन असम्भव रहेको बताएका छन्।

लैनचौरस्थित स्काउटको जग्गामा पूर्वमन्त्री खड्काको कम्पनीले निर्माण गरेको संरचना भत्काउने क्रममा गुरुङले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, “हामीले राखेका माग पूरा नभएसम्म निर्वाचन हुन सक्दैन। सबै जेनजीहरू एउटै उद्देश्यका लागि एकजुट छन् र मागहरू साझा छन्। सरकारको जिम्मेवारी ती माग पूरा गर्नु हो।”

गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएका वार्ता र आश्वासनको कुरा गर्दै, माग पूरा नभए अर्को आन्दोलन अपरिहार्य हुने चेतावनी पनि दिएका छन्। उनले भने, “गृहमन्त्रीज्यू, तपाईंले नै यस विषयको जिम्मेवारी लिनुपर्छ। जंगी अड्डादेखि राष्ट्रपतिको कार्यालयसम्म हाम्रो मागमा संलग्न व्यक्तिहरू अहिले किन मौन छन्?”

उनले आगामी निर्वाचनको तयारी अघि बढाउनुअघि जेनजीका मागहरू पूरा गर्नु अनिवार्य भएको जोड दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय