नेपाल स्काउटको स्वामित्वमा रहेको लैनचौरस्थित जग्गामा पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काको कम्पनीले निर्माण गरेको संरचना बुधबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएर भत्काएको छ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले पटक–पटक बुझाउन दिएको बहाल बक्यौता तिर्न खड्काको कम्पनी असफल भएपछि कारबाही अघि बढाइएको हो। मन्त्रालयको मातहतमा रहेको स्काउट कार्यालयले सात दिनको अल्टिमेटमसहित सूचना जारी गर्दै रकम नतिरे भवन र सामग्री जफत गरिने चेतावनी दिएको थियो।
निर्धारित समयसीमा सकिएपछि महानगर प्रहरीको टोली डोजरसहित पुगेर संरचना भत्काएको हो। स्काउटका अधिकारीका अनुसार उक्त जग्गा सार्वजनिक स्वामित्वको भएकाले अब पुनः आफ्नो नियन्त्रणमा लिइएको छ।
महानगरले यस्ता सरकारी जग्गामा अवैध रूपमा बनेका अन्य संरचनामाथि पनि छिट्टै कारबाही गरिने जनाएको छ
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
