२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति हाम्रो नेपालका संयोजक सुदन गुरुङले खुलेर असन्तुष्टि जनाएका छन्।

गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै डा. कमल भुसाल (निकोलस) र एमाले नेता महेश बस्नेतबीच दोहोरो मापदण्ड देखिएको आरोप लगाए।

उनले प्रश्न गरे, “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा फरक के छ, गृहमन्त्रीज्यू? किन निकोलस मात्र पक्राउ परे? शक्तिशालीलाई नछुने ओली सरकारको शैली फेरि दोहोरिएको हो?”

गुरुङले आफ्नो वक्तव्यलाई “बन्द कोठामा धेरैपटक प्रश्न उठाएर थाकेर आएको आवाज” भनेका छन्। उनको भनाइमा, “लाग्छ, आन्दोलन बिस्तारै हार्दै छ।”

यसैसँगै, उनले गृहमन्त्रीमाथि निष्पक्षता र समान कानुनी व्यवहारको सवाल उठाउँदै सरकारको वर्तमान चरित्रमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय