गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति हाम्रो नेपालका संयोजक सुदन गुरुङले खुलेर असन्तुष्टि जनाएका छन्।
गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै डा. कमल भुसाल (निकोलस) र एमाले नेता महेश बस्नेतबीच दोहोरो मापदण्ड देखिएको आरोप लगाए।
उनले प्रश्न गरे, “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा फरक के छ, गृहमन्त्रीज्यू? किन निकोलस मात्र पक्राउ परे? शक्तिशालीलाई नछुने ओली सरकारको शैली फेरि दोहोरिएको हो?”
गुरुङले आफ्नो वक्तव्यलाई “बन्द कोठामा धेरैपटक प्रश्न उठाएर थाकेर आएको आवाज” भनेका छन्। उनको भनाइमा, “लाग्छ, आन्दोलन बिस्तारै हार्दै छ।”
यसैसँगै, उनले गृहमन्त्रीमाथि निष्पक्षता र समान कानुनी व्यवहारको सवाल उठाउँदै सरकारको वर्तमान चरित्रमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
