२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सहकारी ठगी प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालतले फेरि थप मिसिल झिकाउन आदेश दिएको छ।

उच्च अदालत तुलसीपुर बुटवलमा बिहीबार न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले ‘थप प्रमाण आवश्यक’ भन्दै मुद्दासँग सम्बन्धित अन्य मिसिल माग्न निर्देशन दिएको हो।

लामिछाने र जोशीले बिगोवापतको रकम तिरेर थुनामुक्त भई पुर्पक्ष गर्न पाउने अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए। सो निवेदनमाथि यसअघि पनि कात्तिक २० गते सुनुवाइ भएको थियो, तर अदालतले सुरु मिसिल झिकाउने आदेश दिएको थियो।

फेरि बिहीबारको इजलासले नयाँ प्रमाण र कागजात आवश्यक ठहर गर्दै थप मिसिल माग्न आदेश दिएपछि मुद्दाको निर्णय फेरि केही समयका लागि ढिलो हुने देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय