२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा | लुम्बिनीले सेट गर्‍यो सम्मानजनक स्कोर विराटनगरलाई १३५ रनको चुनौती |

नेपालसहित विश्वभर आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मधुमेह दिवस मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र समयमै उपचारबारे सर्वसाधारणलाई सजग बनाउन यो दिवसले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सुरु गरिएको यो दिवसले सदस्य राष्ट्रहरूलाई आफ्ना स्वास्थ्य प्रणालीअनुसार मधुमेह नियन्त्रणका प्रभावकारी नीति बनाउन प्रेरित गर्दै आएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का तथ्यांक अनुसार सन् १९८० मा विश्वभर जम्मा १० करोड वयस्क मधुमेहबाट प्रभावित थिए भने यो संख्या सन् २०१४ सम्म आइपुग्दा ४२ करोड २० लाख पुगेको छ। मोटोपना, अस्वस्थ आहार, तनाव र शारीरिक गतिविधि कमीका कारण मधुमेहको जोखिम दिनदिनै बढ्दै गएको चिकित्सकहरूको भनाइ छ।

विशेषज्ञहरूले स्वस्थ जीवनशैली, नियमित व्यायाम, संतुलित भोजन, धूम्रपान–मद्यपानबाट दूरी जस्ता अभ्यासले मधुमेहको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने बताउँछन्। डब्लुएचओले पनि प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना विस्तार र स्वस्थ जीवनशैलीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय