२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य वृद्धिको जानकारी आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ बढेर पहिलो वर्गका शहरहरू—चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५८.५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढेर १४४.५० रुपैयाँ कायम गरिएको छ।

दोस्रो वर्गका शहर—सुर्खेत र दाङमा पेट्रोल १६० र डिजेल–मट्टितेल १४६ रुपैयाँ पुगेको छ। तेस्रो वर्गका काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १६१ र डिजेल–मट्टितेल १४७ रुपैयाँ कायम गरिएको छ।

ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। नयाँ मूल्य शनिबार मध्यरातिबाट लागू हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय