२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त नबनेको भन्दै सरोकारवाला र स्थानीय अपांगता समूहहरूले गुनासो गरेका छन्। विशेषगरी तनहुँ सदरमुकाम दमौली बजार क्षेत्रमा निर्माण भएका जेब्राक्रस, फुटपाथ र पहुँचमार्ग अपांगता भएका व्यक्तिहरूले सहज रूपमा प्रयोग गर्न नसक्ने अवस्थामा रहेको उनीहरूको आरोप छ।

शनिबार अपांगता भएका व्यक्तिहरूले दमौली बजारमा परीक्षणमार्फत सडक सुविधा मूल्यांकन गरेका थिए। तनहुँ नेत्रहीन संघका अध्यक्ष विराजमान कुमालका अनुसार दृष्टिविहीन व्यक्तिलाई सहायक संरचना नहुँदा सुरक्षित रुपमा हिँडडुल गर्न कठिनाइ भएको छ। रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक विस्तारसँगै जेब्राक्रस, टेक्सटायल र मार्गदर्शन संरचनामा तत्काल सुधार आवश्यक भएको बताए।

ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले धेरै ठाउँमा जेब्राक्रस भए पनि फुटपाथ र्याम्प नहुँदा ‘सुलभ पहुँच’ असम्भव भएको बताए। उनका अनुसार कतिपय स्थानमा जेब्राक्रसबाट सीधै फुटपाथमा उक्लने सुविधा नभएकाले सडक पार गर्नै समस्या पर्छ।

अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियन्ताहरूले हालै सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएर दमौली बजार क्षेत्रमा बनेका संरचना तत्काल सुधार गर्न माग गरेका छन्। अनुगमनका क्रममा दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मका फुटपाथ अत्यधिक भिरालो रहेको, बीचमा बिजुलीका पोल राखिएका कारण ह्वीलचियर तथा सेतोछडी प्रयोगकर्ताहरू जोखिममा परेको तथ्य भेटिएको अभियान संयोजक मदन पौडेलले जानकारी दिए।

यस्तै, सडक नालीमाथि राखिएका स्लाबबीचको ठूलो ग्यापका कारण दुर्घटनाको जोखिम अझ बढेको अपांगता अधिकारकर्मीहरूले बताए। बागबजार र सफासडक क्षेत्रमा बनाइएका जेब्राक्रसहरू पनि डिभाइडर र र्याम्प अभावले अपांगतामैत्री नभएको उल्लेख गरिएको छ।

अपांगता भएकाहरूका साझा मञ्चका रूपमा तनहुँमा सञ्चालन भइरहेको पहुँचयुक्तता अभियानले निरन्तर पैरवी र अनुगमनमार्फत अपांगता भएका व्यक्तिका अधिकार सुनिश्चितताका लागि काम गरिरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय