२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

दिवंगत पितृको चिरशान्तिको कामनासहित मनाइने महत्वपूर्ण धार्मिक पर्व बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ क्षेत्रमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। मार्गशीर्ष कृष्ण त्रयोदशी र चतुर्दशीको रात–दिनजोडीमा विभिन्न विधि–विधानसहित यो पर्व मनाइने परम्परा छ।

भक्तजनले मंगलबार रातभर दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी जाग्राम बसे। बिहान सबेरै उठेर विभिन्न तीर्थबिन्दु—१०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली र किराँतेश्वरलगायत स्थानमा शतबीज (सप्तबीज) छर्दै पितृको सद्गतिको कामना गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार जाडो मौसमलाई ध्यानमा राख्दै रातभरका भक्तजनका लागि पाल र बस्ने व्यवस्था मिलाइएको छ। आज बत्ती बाल्न र शतबीज छर्न आएका भक्तजनको लर्को बिहानैदेखि देखिएको छ।

बालाचतुर्दशी पर्व भगवान् शिव, पार्वती र मृगस्थलीसँग जोडिएका विविध किम्वदन्तीका कारण पनि विशेष मानिन्छ। धर्मग्रन्थ हेमाद्रि अनुसार आज एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य प्राप्त हुने जनविश्वास छ। यही कारण देशभरका शिवालयमा आज विशेष चहलपहल देखिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार माता–पिताको मृत्यु भई एक वर्ष नपुगेकाहरूले दीपदान वा शतबीज रोपण नगर्नू पर्ने मान्यता पनि छ। भक्तजनलाई वासुकी र गुह्येश्वरीको पूजा अनिवार्य रूपमा गर्नुपर्ने शास्त्रीय वचन रहेको बताइएको छ।

आजको दिन पशुपति क्षेत्रमा भजन–कीर्तन, दीपदान र पितृस्मरणका साथ भक्तजनले बालाचतुर्दशी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय