२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सोमबार राति पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ। यसका लागि प्रहरीले प्रमाण संकलन गर्दै म्याद थपका लागि तयारी थालिएको छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक प्रसाईंले हालै दिएका अभिव्यक्तिले सार्वजनिक शान्ति प्रभावित हुन सक्ने प्रहरीको निष्कर्ष छ। उनको बयान र गतिविधिलाई आधार मानेर अनुसन्धान तीव्र बनाइएको छ। अहिले उनलाई काठमाडौंको भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ।

प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गर्दै तयारी अघि बढाइरहेका थिए। तर आन्दोलनअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रसाईं पक्राउपछि नागरिक बचाउ दलले आजदेखि नै प्रदर्शन सुरु गर्ने चेतावनी दिँदै सडकमा उत्रने योजना सार्वजनिक गरेको छ। सम्भावित विरोधलाई ध्यानमा राखेर उपत्यकाभर सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रहरीको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय