२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग कुनै हालतमा निर्वाचन गराउने क्षमता वा इच्छा नभएको आरोप लगाएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार बसेको विघटित संसद्को एमाले संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको नेतृत्व, नीति र निर्णयहरू संविधानअनुसार नचलेको दाबी गरे।

पोखरेलका अनुसार जेनजी आन्दोलनका नाममा राष्ट्रविरुद्ध गम्भीर षड्यन्त्र चलाइएको थियो, तर त्यही घटनामा संलग्न व्यक्तिहरूलाई अहिले जिम्मेवारीबाट मुक्त गर्ने मात्र होइन, ‘विजेता’का रूपमा प्रस्तुत गर्न खोजिएको छ। उनका शब्दमा, “राज्यद्रोहको आरोप लाग्नुपर्ने पात्रलाई उन्मुक्ति दिन खोज्नु राष्ट्रहितविपरीत कदम हो।”

उनी भन्छन्, संविधानले नै नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गर्ने निर्णयबाट राजनीतिक अन्योल सुरु भएको हो, र त्यो गल्ती सच्चिनु नै एमालेको प्रमुख माग हो।

महासचिव पोखरेलले वर्तमान सरकार चुनावसम्बन्धी तयारी, संरचना र राजनीतिक विश्वासको अभावका कारण आगामी निर्वाचन गराउन असमर्थ रहेको ठोकुवा गरे। उनले आन्दोलनमार्फत पार्टीको एजेन्डा जनतासमक्ष पुनःस्थापित गर्दै एमालेलाई सशक्त विकल्पका रूपमा उभ्याउने आवश्यकता रहेको पनि जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय