२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा |

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमाथि प्रश्न उठाउनु संगठनात्मक अराजकतामा उत्रनु भएको बताएका छन्। आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारी सन्दर्भमा आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनको निर्णयमा सहभागी भएर अनुमोदन गरेका नेताहरूले अहिले आएर त्यसविरुद्ध बोल्नु अनुशासनहीनता र अनैतिक भएको स्पष्ट पारे। “दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न उठाउने कुरा अनैतिक हो,” पोखरेलले भने, “राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अराजक हो। जसले यस्ता गतिविधि गर्दछ, त्यसको प्रतिवाद हुनुपर्छ।”

उनले पार्टी र नेतृत्वविरुद्ध आन्तरिक तथा बाह्य आक्रमणहरू बढिरहेको उल्लेख गर्दै, एमाले नेतृत्वको सरकार धेरैलाई नपस्ने भएकाले निरन्तर बदनाम गर्ने र सरकार परिवर्तनको हल्ला फैलाउने प्रयास भइरहेको बताए।

“यो विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन,” पोखरेलले भने, “अहिले नेताका नाममा कित्ताकाट गर्नु आवश्यक छैन। जतिबेला जे काम पर्छ, त्यही गर्नुहोस्।”

भेलामा पोखरेलले हालै सम्पन्न जनसङ्गठन महाधिवेशनका दस्तावेजहरू सात दिनभित्र केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिए। उनले जनसङ्गठनहरूको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

पार्टी स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले “पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन” भन्ने मानसिकता त्याग्न नेताहरूलाई आग्रह गरे।
भेलामा केन्द्रीय सदस्य विष्णु रिजाल, रचना खड्का लगायतले पनि कार्यकर्ताहरूलाई पार्टीको विधि, विधान र अनुशासन विपरीत अभिव्यक्ति नदिन सचेत गराए।

विधानमाथिको आन्तरिक बहस र आगामी महाधिवेशनको तयारीसँगै एमालेभित्र नेतृत्व, अनुशासन र नीतिका विषयमा फेरि बहस चर्किने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय