२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयलबीच रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे यी दुई टोली एक–अर्काविरुद्ध मैदान उत्रनेछन्।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा धमाकेदार सुरुवात गरेको काठमाण्डु आज लगातार दोस्रो जित सुरक्षित गर्ने लक्ष्यमा छ। आफ्नो सन्तुलित ब्याटिङ र बलिङ प्रदर्शनलाई मजबुत बनाउँदै काठमाण्डु टोलीले पुनः प्रभाव जमाउने दाउ खेलेको छ।

उता, सुदूरपश्चिम रोयलस पहिलो खेलमै जित निकालेर लिग यात्रा सकारात्मक ढंगले सुरु गर्ने योजनासहित मैदानमा उत्रनेछ। बलियो स्क्वाड भएको रोयलसले आजको खेलबाटै टिमको क्षमताको स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै पहिलो जीत हात पारेको थियो। त्यस्तै, विराटनगर किङ्सले पोखरा एभेन्जर्समाथि ५३ रनको उत्कृष्ट जित निकाल्दै लिगमा आफ्नो बलियो उपस्थिति जनाएको थियो।

आजको खेलले दुवै टोलीका आगामी यात्रा कत्तिको सहज वा चुनौतीपूर्ण हुने हो भन्नेबारे ठूलो चित्र स्पष्ट पार्नेछ। क्रिकेट फ्यानका लागि आजको भिडन्त निकै प्रतिक्षित मानिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय