२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बाराको सिमरामा लगातार दुई दिनदेखि उत्पन्न भइरहेका तनावपूर्ण घटनाक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक आकस्मिक रूपमा बोलाएकी छिन्। बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित परिषद् सचिवालयमा बस्नेछ।

बुधबार र बिहीबार सिमरामा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन बढेपछि अवस्था नियन्त्रणमा लिन सुरक्षा संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ। सरकारले स्थिति संवेदनशील बन्दै गएपछि उच्चस्तरीय छलफल आवश्यक ठानेको हो।

यसअघि बुधबार गृह मन्त्रालयमा पनि सुरक्षा सम्बन्धी बैठक बसेको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले बिहानै सिंहदरबारमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टै समीक्षा बैठक गरेका थिए।

कर्फ्यू जारी रहेका बेला विहीबार पनि तनाव नओल्टेपछि अवस्थाको जोखिम मूल्यांकन र आगामी कदम तय गर्न प्रधानमन्त्री नेतृत्वको सुरक्षा परिषद्को बैठक बोलाइएको स्रोतले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय