२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

एनपीएलमा सुदूरपश्चिम रोयल्सले शानदार खेल प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।

१९४ रनको चुनौती पछ्याउन उत्रिएको पोखरा एभेन्जर्स २० ओभरमा ८ विकेट गुमाएर १७५ रनमा सीमित भयो। कप्तान कुशल भुर्तेलको ५३ रन, जिमी निसमका ४७ तथा डान डाउथवेटका ३७ रन टोलीका प्रमुख योगदान भए पनि जितका लागि पर्याप्त बनेनन्।

सुदूरपश्चिमका बलरहरू उत्कृष्ट फर्ममा देखिए। हर्मित सिंहले २ विकेट लिए भने स्कट कुग्गेल्जिन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १–१ विकेट निकालेर पोखराको रन–चेज रोकिदिए।

यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले १९३ रनको बलियो योगफल बनाएको थियो। जौस ब्राउनले ६८ रनको प्रभावशाली प्रदर्शन गरे। त्यस्तै विनोद भण्डारीले ४३ रन जोड्दा क्रिस लेनले १३ बलमै ३१ रन ठोकेर इनिङलाई थप धार दिएको थियो।

पोखराका लागि जिमी निसम सर्वाधिक सफल बलर बने — उनले ३ विकेट लिए भने आकश चन्द र डान डाउथवेटले समान २–२ विकेट हात पारे।

लगातार हारको सामना गरेको पोखरा अहिले दबाबमा छ भने लगातार जितका साथ सुदूरपश्चिम प्रतियोगितामा बलियो दावेदार बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय