२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

ताप्लेजुङको लोकप्रिय धार्मिक गन्तव्य पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलो हिमपात सुरु भएको छ। शुक्रबार बिहानबाट सुरु भएको हल्का वर्षापछि साँझदेखि हिउँ पर्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

हिमपातसँगै क्षेत्रको तापक्रम आकस्मिक रूपमा घटेपछि चिसो बढेको र यात्रुहरू सावधानी अपनाउनुपर्ने समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

समितिले अत्यधिक चिसो, चिप्लोपन र दृश्यता कमजोर हुने सम्भावनालाई ध्यानमा राख्दै तीर्थयात्रीलाई आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

रातभरको हिमपातबाट मार्ग केही चिप्लो बने पनि मन्दिर दर्शनमा ठूला अवरोध नरहेको जनाइएको छ। बिहानै मन्दिर पुगेका भक्तजनले हिमपातसँगै पाथीभराको दृश्यावलोकन र हिउँ खेल्ने अवसर पाएका छन्।

बिहानैदेखि तीर्थयात्रीको बाक्लो उपस्थिति रहँदै आएको र मन्दिर परिसर हिउँले सेताम्मै ढाकिएको दृश्य आकर्षक देखिएको स्थानीयहरू बताउँछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय