२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो |

ताप्लेजुङको लोकप्रिय धार्मिक गन्तव्य पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलो हिमपात सुरु भएको छ। शुक्रबार बिहानबाट सुरु भएको हल्का वर्षापछि साँझदेखि हिउँ पर्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

हिमपातसँगै क्षेत्रको तापक्रम आकस्मिक रूपमा घटेपछि चिसो बढेको र यात्रुहरू सावधानी अपनाउनुपर्ने समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

समितिले अत्यधिक चिसो, चिप्लोपन र दृश्यता कमजोर हुने सम्भावनालाई ध्यानमा राख्दै तीर्थयात्रीलाई आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

रातभरको हिमपातबाट मार्ग केही चिप्लो बने पनि मन्दिर दर्शनमा ठूला अवरोध नरहेको जनाइएको छ। बिहानै मन्दिर पुगेका भक्तजनले हिमपातसँगै पाथीभराको दृश्यावलोकन र हिउँ खेल्ने अवसर पाएका छन्।

बिहानैदेखि तीर्थयात्रीको बाक्लो उपस्थिति रहँदै आएको र मन्दिर परिसर हिउँले सेताम्मै ढाकिएको दृश्य आकर्षक देखिएको स्थानीयहरू बताउँछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय