२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान आज विशेष रङमा देखिने भएको छ। ‘ढाका टोपी ’ अभियानसँगै धेरै नेपाली दर्शकहरु  ढाका टोपी लगाएर मैदान पुग्ने  छन्। नेपाली पहिचानलाई विश्वमै चिनाउने उद्देश्यले आज ढाका टोपी लगाएर खेल हेरिदैछ ।

आज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सोमपाल कामीको कप्तानीको कर्णाली लायन्स र रोहित पौडेलको नेतृत्वको लुम्बिनी लायन्स भिड्नेछन्। लुम्बिनी पहिलो जितपछि लगातार दोस्रो सफलताको खोजीमा छ भने कर्णाली आफ्नो पहिलो हारपछि पुनरागमन गर्न चाहन्छ।

दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच हुने छ। करण केसीको नेतृत्वको काठमाडौंले आज तेस्रो खेल खेल्दैछ-पहिलो खेलमा जनकपुरलाई हराएको टोली दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितका लक्ष्यसहित मैदानमा उत्रिनेछ। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सहज रूपमा हराउँदै विराटनगरले शानदार शुरुआत गरेको थियो।

आजका दुवै भिडन्त अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले खेलप्रेमी र टोलीहरूका लागि समान रूपमा निर्णायक मानिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय