२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

आज काठमाडौंका सडकमा तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। यो कदम एमाले बागमती प्रदेश कमिटीको शनिबारको जनप्रदर्शन र कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई मध्यनजर गर्दै उठाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आवश्यक परे थप सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ। उपत्यकाभित्रका विभिन्न गण र गुल्मका टोलीसँग समन्वय गरी आवश्यक परे थप फौज परिचालन गरिने जानकारी उनले दिएका छन्।

प्रदर्शन संयमित हुने नेताहरूको प्रतिबद्धता भए पनि सम्भावित सुरक्षा चुनौतीका कारण प्रहरी उच्च सतर्कता अपनाइरहेको छ। भृकुटीमण्डपमा कार्यकर्ता जुलुससहित जम्मा हुने भएकाले काठमाडौं जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिट बिहानैदेखि ड्युटीमा खटिएका छन्।

त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने दुई एनपीएल खेलका कारण दर्शकको चाप बढ्ने सम्भावना रहेको हुँदा त्यहाँ पनि सुरक्षा उच्च सतर्कतामा राखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय