२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको पहिलो खेल पूर्ण रूपमा कर्णालीका अलराउन्डर मार्क वाटकै प्रभावमा रह्यो। उनको विध्वंसक शतकको बलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार पुनरागमन गर्यो।

१ सय ५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै गुमाएको एकमात्र विकेटसहित सहज रूपमा पूरा गर्यो।

ओपनर मार्क वाट आज पूर्ण रूपमा अनवरत आक्रमणमा उत्रिए— केवल ४४ बलमा ११४ अविजित रन, १२ छक्का र ६ चौका। २५९ स्ट्राइक रेटमा खेलेको उनको पारीले लुम्बिनीका बलरहरूलाई कुनै उत्तर दिने मौका दिएन।

वाटले पहिलो ५० रन २९ बलमा बनाए भने अर्को ५० रन जोड्न मात्र १२ बल खर्चिए। ४१ बलमै शतक प्रहार गर्दै उनले एनपीएल इतिहासकै एक उत्कृष्ट पारी प्रस्तुत गरे।

वाट एनपीएलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।

कर्णालीका लागि प्रियाङ्क पञ्चाल १२ रनमा आउट भएपछि वाटले विलियम बोसिस्टोसँग १२३ रनको अविजित साझेदारी गर्दै खेल एकतर्फी बनाए। बोसिस्टोले २० बलमा २९ रन बनाएर वाटलाई उत्कृष्ट साथ दिए।

बलिङतर्फ पनि वाट चम्किए— ३ ओभरमा १६ रन दिंदै १ विकेट लिन सफल भए।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटका बदला १५६ रन बनाएको थियो। कप्तान रोहित पौडेल ४९ रनमा रोकिए भने अन्तिम चरणमा ट्रम्पलम्यानले १४ बलमा २९ रन जोड्दै इन्किंग्स उठाउन मद्दत गरेका थिए।

कर्णालीका नन्दन यादवले २ विकेट लिए। अन्य बलरहरूले समान १–१ विकेट हात पारे।

यस जितसँगै पहिलो खेलमा चितवनसँग पराजित कर्णालीले पहिलो जीत दर्ता गरेको छ। चितवनलाई हराएर उत्कृष्ट सुरुवात गरेको लुम्बिनी आज पहिलो हार भोग्न बाध्य बन्यो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय