२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार कुनै खेल छैन। क्रिकेट सङ्घले तोकेको तालिकाअनुसार आज प्रतियोगितामा विश्राम दिइएको हो। तर भोलि (सोमबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच हुनेछ। दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच निर्धारित छ। दुवै खेल शीर्ष स्थानमा रहने दाबेदारी झनै रोचक बन्ने सूचक हुन्।

समग्र अङ्कतालिकामा हाल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सले दुई-दुई खेलबाट चार–चार अंक जोड्दै पहिलो र दोस्रो स्थान ओगटेका छन्। काठमाडौं गुर्खाजले तीन खेलबाट दुई अंकसहित तेस्रो स्थान जमाएको छ। उता पोखरा एभेन्जर्सले दुई खेलमै पराजय बेहोर्दै पुछार सम्हालिरहेको छ।

मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। प्रतियोगिताको फाइनल मङ्सिर २७ गते हुने छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय