२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशन नियमित रूपमा सम्पन्न गर्न सकिने स्पष्ट धारणा अभिव्यक्त गरेका छन्। इलाम सदरमुकाममा जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस जिल्ला कार्यालय निरीक्षणपछि उनले महाधिवेशनका दुई ठोस विकल्पका बारेमा नेताकार्यकर्तालाई जानकारी गराए।

शर्माका अनुसार सबै पक्ष एक ठाउँमा उभिन सके नियमित महाधिवेशन सहज रूपमा सम्भव छ। पहिलो विकल्पका रूपमा उनले पुस अन्तिम साताबाट महाधिवेशनको कार्यतालिका बनाउन सुझाव दिए। आवश्यकता परे १५ दिनसम्म समय थपेर पनि प्रक्रिया पूरा गर्न सकिने उनको भनाइ छ।

उनले समानुपातिक सूची बुझाउने मिति र फागुन २१ को निर्वाचन केही पछि सार्नुपर्ने परिस्थितिमा समेत राजनीतिक सहमतिमार्फत समाधान खोज्न सकिने उल्लेख गरे। हिमाली क्षेत्रको कठोर मौसम र शान्त वातावरणको आवश्यकता उनले मुख्य कारण बताए।

दोस्रो विकल्पका रूपमा शर्माले सभापति शेरबहादुर देउवाले ‘मार्गप्रशस्त’ गरे निकास सहज हुने दाबी गरे। ०१४ सालको उदाहरण दिँदै उनले सभापतिको भूमिका निर्णायक हुने र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई पार्टीले बेवास्ता गर्न नसक्ने बताए। यसरी अघि बढे मंसिर मसान्तमा विशेष महाधिवेशन र अर्को वर्ष नियमित महाधिवेशन सम्भव हुने उनको तर्क छ।

अर्का महामन्त्री गगनकुमार थापाले भने फरक धारणा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विधानअनुसार अब विशेष महाधिवेशन नै निश्चित रहेको र त्यहीँबाट नयाँ सभापतिको चुनाव हुने स्पष्ट पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय