२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

श्रीलङ्कामा सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकप २०२५ मा उपविजेता बनेको नेपाली महिला टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक शुभकामना व्यक्त गर्नुभएको छ। आइतबार कोलोम्बोको पी सारा ओभल मैदानमा भएको फाइनलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो।

फाइनलमा हार व्यहोर्‍याए पनि टिमको जुझारोपन र प्रदर्शनप्रति प्रधानमन्त्री कार्कीले गहिरो सम्मान प्रकट गर्दै सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, “दृष्टिविहीन महिला टी–२० विश्वकपमा सहभागी भएर उपविजेता बन्नु सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय हो। फरक शारीरिक अवस्था र दैनिक कठिनाइका बीच पनि विश्वस्तरमा नेपालको सान उचो बनाएको टोलीलाई हार्दिक बधाई छ।”

यस प्रतियोगितामा लगातार प्रभावशाली खेल प्रस्तुत गर्दै फाइनलसम्मको यात्रा तय गरेको नेपाली टोलीले देशको नाम उज्यालो बनाएको भन्दै खेलकुद क्षेत्रका विज्ञ तथा समर्थकहरूले पनि प्रशंसा गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय