२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बीच रुचिकर प्रतिस्पर्धा हुन लागेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि प्लेअफ सपना जिउँदै राख्ने निर्णायक अवसर मानिएको छ।

कर्ण केसीको कप्तानीमा रहेको काठमाडौँले अहिलेसम्म तीन खेलमा एक जित र दुई हार व्यहोर्दै दुई अंक जोडेको छ। यतिबेला टोली तालिकाको तेस्रो स्थानमा रहेका कारण आजको नतिजाले काठमाडौँको यात्रा कता मोडिने हो भन्ने धेरै हदसम्म तय गर्नेछ।

दोसरी तर्फ, रोहित पौडेल नेतृत्वको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै समान दुई अंकका साथ चौथो स्थान ओगटेको छ। दुवै टोली अंक बराबरीमै रहेकाले आजको भिडन्त ‘कर या नर’ जस्तै देखिएको छ।

दुवै टोलीका समर्थकले प्लेअफ नजिकै पुर्‍याउने ‘टर्निङ पोइन्ट’ को रूपमा यस खेललाई हेरेका छन्। मैदानमा रोमाञ्चक र तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय