२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

देशभर उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले आजको मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने तराईका केही भूभाग, विशेषगरी लुम्बिनी प्रदेशतिर हुस्सु र तुवाँलो कायम छ। बाँकी अधिकांश भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाले दिउँसो कोशी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहिरहने र देशका अन्य भागमा खुला मौसम रहने जनाएको छ। राति पनि देशभर मौसम स्थिर रहने महाशाखाको पूर्वानुमान छ।

उपत्यकाको तापक्रम भने क्रमशः घट्दै जाने संकेत देखिएको छ। आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकामा मापन गरिएको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ। सोमबारको ९ डिग्रीको तुलनामा तापक्रम तीव्ररूपमा झरेपछि चिसो बढ्न थालेको स्पष्ट देखिएको छ।

मौसमविद्हरूले बिहान–बेलुकीको चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय