२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

देशभर उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले आजको मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने तराईका केही भूभाग, विशेषगरी लुम्बिनी प्रदेशतिर हुस्सु र तुवाँलो कायम छ। बाँकी अधिकांश भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाले दिउँसो कोशी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहिरहने र देशका अन्य भागमा खुला मौसम रहने जनाएको छ। राति पनि देशभर मौसम स्थिर रहने महाशाखाको पूर्वानुमान छ।

उपत्यकाको तापक्रम भने क्रमशः घट्दै जाने संकेत देखिएको छ। आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकामा मापन गरिएको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ। सोमबारको ९ डिग्रीको तुलनामा तापक्रम तीव्ररूपमा झरेपछि चिसो बढ्न थालेको स्पष्ट देखिएको छ।

मौसमविद्हरूले बिहान–बेलुकीको चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय