२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ। कप्तान करण केसीले लोअर अर्डरबाट खेल्दै ११ बलमा ४ छक्का र १ चौकासहित अविजित ३४ रन बनाएर टीमलाई लक्ष्यसम्म पुर्याए।

नवौँ नम्बरमा ब्याटिङ गरेका करणको आक्रामक प्रदर्शनले काठमान्डुको स्कोरलाई १५० रनको महत्वपूर्ण स्तरमा पुर्‍यायो। यसअघि ओपनर आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रन थपेका थिए।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुल्बादिन नइबले समान दुई-दुई विकेट लिए। विशेषत, ट्रम्पलम्यानले बलिङ गरेको १९औं ओभरमा करण केसीले ४ छक्का हानी २८ रन बनाएका थिए।

करणको विस्फोटक ब्याटिङले काठमान्डुलाई अन्तिम ओभरमा बलियो स्थितिमा पुर्‍याएको छ, जसले लुम्बिनीलाई लक्ष्यतर्फ चुनौतीपूर्ण खेल खेल्न बाध्य बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय