२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना मुख्य राजनीतिक माग र राष्ट्रिय मुद्दाहरूलाई अघि सार्दै आजदेखि औपचारिक रूपमा संघर्षका कार्यक्रम प्रारम्भ गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ताजा बैठकले पारित गरेको निर्णयअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको संयमित चरण सुरू गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपाले संघर्षका विभिन्न चरणबद्ध कार्यक्रमहरू घोषणा गर्दै मंसिर ११ देखि १५ गतेसम्म देशभरका प्रत्येक संसदीय क्षेत्रका मुख्य सहर बजारमा विरोधसभा, कोणसभा र जनपरिचालन गर्ने तयारी गरेको छ। पार्टीले जनतासँग सीधा संवादमार्फत आफ्ना मुद्दाहरू स्पष्ट पार्ने लक्ष्य लिएको बस्नेतले बताए।

त्यसपछि, मंसिर १९ र २१ गते प्लेकार्ड र ब्यानरसहित जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरिएको छ। जसपाले आफ्ना मागहरूलाई संस्थागत रूपमा दबाब दिन स्थानीय स्तरमै व्यापक उपस्थिति जनाउने योजना बनाएको छु।

यस्तै, मंसिर २७ देखि पुस ४ गतेसम्म प्रत्येक जिल्लामा विरोधसभा तथा जनसभा आयोजना गरिने छ भने प्रदेशस्तरीय प्रदर्शन पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा हुने कार्यक्रम तय गरिएको छ।

पार्टीले आवश्यकताअनुसार जिल्ला र प्रदेश समितिहरूले थप विरोध कार्यक्रमसमेत घोषणा गर्न सक्ने व्यवस्था गरेको छ। जसपाको यो संघर्ष अभियान पार्टीले उठाउँदै आएका मागलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने उद्देश्यसहित अघि बढाइने बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय