२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

 नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी आन्दोलनको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगलाई आफ्नो पार्टीले मान्दैन भनी स्पष्ट पारेका छन्।

बुधबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले आयोग निष्पक्ष नभएको भन्दै एमालेका कुनै पनि नेता बयानका लागि जान नहुने बताए। उनले भने, “त्यो आयोग न्यायिक निकाय होइन, पूर्वाग्रह राखेर बनाइएको प्रतिशोधको हतियार मात्र हो। हामी यस्तो आयोगलाई स्वीकार गर्दैनौं।”

महेश बस्नेतले आयोगले जबर्जस्ती एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्ष नेताहरूलाई बयानका लागि बोलाउने प्रयास गरेमा, नेताहरू त्यहाँ पुग्नुभन्दा पहिले लाखौं कार्यकर्ताले सिंहदरबार घेर्ने चेतावनीसमेत दिएका छन्।

उनले वर्तमान सरकारलाई सुशासनको नाममा स्टन्ट गरिरहेको, विरोधीहरूलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाउँदै आयोगको निष्पक्षतामा प्रश्न उठाएका छन्।

एमालेको यस स्पष्ट अस्वीकारले आगामी छानबिन प्रक्रिया र राजनीतिक तनाव थप बढाउने संकेत गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय