२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान जेलभित्र रहेका २१ दिनदेखि परिवारसँग सम्पर्कबाहिर छन्। उनी पञ्जाब प्रान्तको अदियाला जेलमा राखिएका छन्। यद्यपि, जेलभित्रै हत्या भएको हल्ला फैलिएको भए पनि यसको स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार अनुसार, इमरानसँग तीन हप्तादेखि उनका परिवारका सदस्य भेट्न पाएका छैनन्। उनकी तीन जना बहिनीहरूले पञ्जाब प्रहरीका उच्च अधिकारीलाई जानकारी गराए पनि भेटको अनुमति पाउन सकेका छैनन्। अदालतमार्फत वकिलसहित भेट्न अनुमति माग्दा पनि परिवारलाई आफ्ना भाइसँग भेट्न नदिइएको बताइएको छ।

जेल प्रशासनले इमरानको स्वास्थ्यबारे पनि कुनै जानकारी उपलब्ध गराएको छैन। यसबीच जेलबाहिर उनका समर्थकहरूले ठूलो संख्यामा प्रदर्शन गर्दै धर्ना दिएका छन्। समर्थकहरूले प्रहरीको कडा दमनप्रति गुनासो गरेका छन्।

इमरान खान सन् २०२३ देखि जेलमा छन्। उनीमाथि नेसनल एकाउन्टिबिलिटी ब्युरोले अल कादिर ट्रस्ट मामिलामा भ्रष्टाचारको आरोप लगाएको थियो। यसै वर्ष अदालतले उनलाई १४ वर्षको जेल सजाय सुनाएको छ।

यस घटनाले पाकिस्तानको राजनीतिक स्थिति र पूर्व प्रधानमन्त्रीको सुरक्षा अवस्थाबारे व्यापक चासो बढाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय