२०८३ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले बलियो प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन जोड्यो।

पोखराको इनिङ्सको मेरुदण्ड ओपनर एडम वासिङटन र शक्तिशाली अलराउन्डर जिम्मी निशम बने। प्रारम्भिक चार विकेट ३३ रनमै गुमाएको अवस्थामा एडम र निशमले पारी सम्हाल्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए।

एडमले ६३ बलमा ८१ रनको दमदार पारी खेले। उनका चौका–छक्का मिलाएर बनाएका प्रहारले पोखरालाई खेलमा फर्कायो। त्यस्तै, निशमले सन्तुलित तर प्रभावशाली ब्याटिङ गर्दै ३२ बलमा अविजित ५१ रन बनाए।

अन्य ब्याटरहरूमा दिनेश खरेलले ७ रन जोडे भने कप्तान कुशल भुर्तेल र सुमित वर्मा दुवै बिना रन फर्किए। तिर्थ दास १ रनमा आउट भए। किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे।

लुम्बिनीका तर्फबाट शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट लिए। गुल्ददिन नाइभले एक विकेट टिपे।

अब लुम्बिनीले १५१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रनेछ। खेलले दुवै टिमका प्लेअफ यात्रा कता मोडिन्छ भन्ने निर्धारण गर्ने सम्भावना छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय