२०८३ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

एसिसी यू–१९ प्रिमियर कपमा नेपालले मलेसियालाई सहज रूपमा नौ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अजमानस्थित सेभेन डिस्ट्रिक्ट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालको बलिङशक्ति पुनः चम्कियो र प्रतिद्वन्द्वीलाई १७ ओभरमै ५१ रनमा समेट्दै फाइनलको ढोका खोलेको हो।

टस जितेर पहिला बलिङ रोजेको नेपालले सुरुवातमै मलेसियालाई चापमा राख्यो। पहिलो पाँच विकेट गुमाउँदा मलेसियाले जम्मा ८ रन मात्र जोड्न सकेपछि खेल एकतर्फी बन्दै गयो। शीर्षक्रमका सातै बल्लेबाज दोहोरो अंकमा पुग्न असफल रहे। हम्जा पांगीले १३ र मुहम्मद फातुलले ११ रन बनाएर टोलीलाई मुश्किलले ५० रनभन्दा माथि पुर्‍याए।

नेपालका तर्फबाट नितेश कुमार पटेल घातक साबित भए। उनले ८ ओभरमा २४ रन दिँदै ४ विकेट लिए। चन्दन रामले ५ ओभरमा ३ विकेट झारे भने अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक–एक विकेट जोडे।

जितका लागि ५२ रनको लक्ष्य पछ्याउन आएको नेपालले ७ ओभर ५ बलमै खेल सकियो। निरजकुमार यादव ४ रनमा आउट भए पनि त्यसपछि वंश क्षेत्री र निश्चल क्षेत्रीको अविजित साझेदारीले काम सजिलो बनायो। दुवैले मिलेर ५१ रनको साझेदारी गर्दै नेपाललाई फाइनलमा पुर्‍याए। वंशले २३ र निश्चलले १५ रन बनाए।

समूह चरणदेखि सेमिफाइनलसम्म अपराजित रहेको नेपाल अब उपाधिका लागि सोमबार यूएई र ओमानबीचको विजेतासँग भिड्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय