२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको बहुप्रतिक्षित एकता आज औपचारिक रूपमा घोषित हुँदैछ। शुक्रबार राति रास्वपाले विवेकशील साझा पार्टीले अघि सारेको एकता प्रस्ताव स्वीकृत गरेसँगै दुई दलले एकै संरचनामा अघि बढ्ने तयारी पूरा गरेका हुन्।

दुवै दलका शीर्ष नेताहरूको उपस्थितिमा आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गरिँदैछ। एकतापछि दलको नाम, नेतृत्व संरचना र चुनाव चिह्न कायम रास्वपाकै रहने तय भएको छ।

रास्वपाका अनुसार सुशासन, पारदर्शिता र नीति–आधारित राजनीतिक अभ्यासलाई सबल बनाउन दुई दलबीच सहकार्य आवश्यक रहेको र त्यसकै आधारमा एकता प्रक्रिया सुरु गरिएको हो। विवेकशील साझाले आन्तरिक निर्णयमा सर्वसम्मत समर्थन जनाएपछि एकीकरणलाई सहज ढंगले अघि बढाइएको जनाएको छ।

नेताहरूले एकतालाई मौजुदा राजनीतिक संस्कारमा ‘नयाँ विकल्प’ निर्माण गर्ने कदमका रूपमा लिएका छन्। आजको घोषणासभाबाट संयुक्त कार्ययोजना, संरचना र आगामी राजनीतिक दिशाबारे आधिकारिक जानकारी सार्वजनिक गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय