२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले शक्तिशाली अन्तिम ओभरहरूका बलमा काठमान्डु गोर्खाजसँग १५० रनको लक्ष्य राख्दै प्रतिस्पर्धी खेल प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन जोड्यो। शुरुवात कमजोर रहे पनि अन्त्यतिर गुल्सन झाको आक्रमक ब्याटिङले खेलको लय बदलिदियो।

सातौं नम्बरमा आएको उनले २२ बलमा ६ चौका र ३ छक्कासहित अविजित ४९ रन बनाउँदै कर्णालीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। अर्धशतक नजिक पुगेका उनी स्ट्राइक नपाएकै कारण ५० रन पूरा गर्न सकेनन्।

पवन सराफले ३५ तथा मार्क वाटले ३० रन जोड्दै महत्वपूर्ण योगदान गरे। एकबेला १५ ओभरमा ९१/६ को अवस्थामा पुगेको कर्णालीले गुल्सन–दीपक डुम्रे जोडीको ५५ रनको साझेदारीपछि अन्तिम ५ ओभरमा ५८ रन थप्न सफल भयो।

बलिङतर्फ काठमान्डुका रासिद खानले २ विकेट लिए भने कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट हात पारेर दबाब बनाउन प्रयास गरे।

अहिले भईरहेको खेलमा काठमाडौ गोर्खाजले ५  अभोरमा १ विकेट गुमाउदै ४६ रन बनाईसकेको छ  ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय