२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन |

प्रभु बैंकमा कर्जा दुरुपयोग प्रकरण गहिरिँदै गएपछि आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, उप–सिइओ मणिराम पोखरेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरी हिरासतमा राखेको छ।

अनामनगरस्थित केन्द्रीय कार्यालयमै गएर सिआइबी टोलीले पक्राउ प्रक्रिया अघि बढाएको हो। पाटन उच्च अदालतबाट अनुमति लिएर पक्राउ गरिएका यी तीन अधिकारीमाथिको आरोप भने सुरुवातमा खुलाइएको थिएन। तर पछिल्लो विवरणअनुसार उनीहरू ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐनका विभिन्न प्रावधान उल्लंघन मुद्दामा संलग्न देखिएका छन्।

यसअघि बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन कात्तिक ११ मा करिब एक अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका थिए। प्रभु मेनेजमेन्टद्वारा भएका ग्यारेन्टी तथा भुक्तानी रकमको मिलान नगरी रकम अपचलन गरेको भन्दै अध्यक्ष कुसुम लामाले दर्ता गरेको ठगीसम्बन्धी जाहेरीको अनुसन्धानकै क्रममा भट्टचन पक्राउ परेका थिए। उनी २४ कात्तिकमा हाजिर जमानीमा रिहा भएका थिए।

भट्टचनमाथि भएको अनुसन्धानकै क्रममा प्रभु बैंकबाट प्रभु मेनेजमेन्टमा प्रवाह गरिएको २७ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको देखिएको र त्यसमा बैंकको उच्च व्यवस्थापन पनि प्रत्यक्षरूपमा संलग्न भएको सिआइबीले उल्लेख गरेको छ। विशेषतः सिइओ अशोक शेरचनलगायत तीनै जनाको भूमिका शंकास्पद ठहरिएपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको हो।

उप–सिइओ मणिराम पोखरेल यसअघि पनि ऋण प्रक्रियामा पाँच प्रतिशतसम्म कमिसन लिने कार्यमा संलग्न भएको प्रमाण सार्वजनिक भए पनि नेपाल राष्ट्र बैंकले कुनै कारबाही नगरेको आरोप लगिँदै आएको थियो। अहिले एकैदिन तीन उच्चपदस्थ अधिकारी पक्राउ परेपछि मात्र राष्ट्र बैंक सक्रिय बन्दै बैंकलाई सुरक्षित राख्न वरिष्ठताअनुसार नीरज लम्साललाई निमित्त सिइओको जिम्मेवारी बोर्डले तोकेको छ।

प्रभु बैंकको उच्च तहमा देखिएको व्यवस्थापन संकट र कर्जा दुरुपयोग आरोपले बैंकिङ क्षेत्रमै ठूलो चर्चा सुरु भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय