पर्सामा प्रहरीले कारभित्र लुकाइराखिएको एक क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले गरेको चेकजाँचमा बिएबी ९३९८ नम्बरको कारबाट १०४ किलोग्राम गाँजा फेला परेको हो।
गाडी मनवा–रङ्गपुर मार्गतर्फ गइरहेको अवस्थामा रोकिएको थियो। प्रहरीले बरामद गाँजासँगै मकवानपुर भीमफेदी–८ का चालक भीम स्याङ्तान र मकवानपुरगढी–१ का ३८ वर्षीय कुमार स्याङ्तानलाई नियन्त्रणमा लिएको जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीका अनुसार दुवैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
