२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। सरकारी निकायदेखि नागरिक संघसंस्था र अपाङ्गता अधिकारमा काम गर्दै आएका समूहहरूले दिवसको अवसरमा छलफल, जागरण अभियान र सम्मान कार्यक्रम आयोजना गरेका छन्।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि प्रत्येक डिसेम्बर ३ मा मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समानता र समावेशिता सुनिश्चित गर्न विश्व समुदायलाई निरन्तर स्मरण गराउँदै आएको छ।
यस वर्षको नारा — ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ — ले सबैका लागि समान अवसरयुक्त समाज निर्माणको प्रतिवद्धता बलियो बनाउने संकेत गर्छ।

नेपालमा पनि कार्यालय, विद्यालय, सडक, सार्वजनिक सवारी, मठ–मन्दिरदेखि सरकारी तथा निजी भवनसम्म सबै संरचना अपाङ्गतामैत्री बनाइनुपर्ने माग वर्षौंदेखि उठ्दै आएको छ। संविधानले गरिबी, अपाङ्गता वा अन्य कारणले कुनै पनि नागरिक सेवा–सुविधाबाट वञ्चित नहुने स्पष्ट व्यवस्था गरे पनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ।

दिवसको अवसरमा अधिकारकर्मीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मसम्मानसहित जीवनयापन गर्न आवश्यक भौतिक संरचना, पहुँचयोग्य वातावरण र सहायक सेवाहरू तत्कालै प्रभावकारी रूपमा विस्तार हुनुपर्ने माग दोहोर्याएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय