२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले समावेशी विकास र प्रभावकारी शासन रूपान्तरणलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।

आज जारी शुभकामना सन्देशमा उनले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनासमेतका क्षेत्रहरूमा सहज पहुँच सुनिश्चित गर्न सरकार निरन्तर रूपमा सक्रिय रहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्रीका अनुसार अपाङ्गताको अवस्था र गम्भीरताको आधारमा सेवा–सुविधामा प्राथमिकता दिने तथा अपाङ्गता भएका सबै नागरिकलाई सम्मानजनक, सुरक्षित र समतामूलक वातावरण प्रदान गर्नु राज्यको स्पष्ट नीति हो।

उनले भौतिक पहुँच, सञ्चार अवरोध, नकारात्मक दृष्टिकोण र कानुनी अवरोध हटाई ‘सजिलो, पहुँचयुक्त र सम्मानजनक’ अवस्था सिर्जना गर्नु आजको आवश्यकता भएको बताइन्।

प्रधानमन्त्री कार्कीले अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगारी र स्वरोजगारका कार्यक्रमलाई तीनै तहका सरकारहरूले संयुक्त रूपमा अघि बढाए मात्र व्यवहारिक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरिन्।

नेपालको संविधान तथा नेपाल पक्ष राष्ट्र रहेका अन्तरराष्ट्रिय सन्धीहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारहरूलाई मजबुत संरक्षण गरेको उल्लेख गर्दै उनले यस दिवसले सरकारी–गैरसरकारी सबै निकायलाई थप सक्रिय हुन प्रेरणा दिने अपेक्षा व्यक्त गरिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय