२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

बुढीगण्डकी जलविद्युत परियोजनामा ढिलाइ हुँदै आएको भन्दै प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोजना तुरुन्त अघि बढाउन आग्रह गरेका छन्।

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटबारे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिँदै, परियोजना लामो समयदेखि अलपत्र परेको कारण प्रभावित स्थानीयवासी असन्तुष्ट भएको उल्लेख गरे।

भट्टराईका अनुसार, प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग पनि भेट गरी बुढीगण्डकीलाई तत्काल गतिशील बनाउन आवश्यक पहल गर्न माग राखेको छ।

“गोर्खा र धादिङका जनता वर्षौँदेखि प्रतीक्षामा छन्। हामीले प्रभावित क्षेत्रका जनप्रतिनिधिको तर्फबाट प्रधानमन्त्री र अर्थमन्त्रीलाई परियोजना छिटो सुरु गर्नु आवश्यक छ भन्ने स्पष्ट संदेश दिएका छौँ,” भट्टराईले बताए।

उनले सरकारलाई बाँकी प्रक्रियाहरू छिटो टुंग्याई परियोजना कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गरिएको बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय