२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरेको नेकपा एमालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरी कारण देखाऊ आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षहरूले सात दिनभित्र लिखित जवाफ बुझाउन निर्देशन दिएको हो।

मधेश बर्तौला र सुनिता बरालले राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्चले सबै प्रतिवादीलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत औपचारिक जानकारी पठाएर जवाफ पेस गर्न भनेको छ।

आदेशमा उल्लेख छ— लिखित जवाफ समयमै नआएपछि वा म्याद समाप्त भएपछि फाइल नियमानुसार इजलासमा पेस हुनेछ।

यसबाहेक, प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी दर्ता भएका अरू रिटहरू पनि एउटै प्रक्रियामा संगै पेश गर्न सर्वोच्चले निर्देश दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय