आगामी निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ। प्रमुख राजनीतिक दलका शीर्ष प्रतिनिधि र सुरक्षा निकायका प्रमुख सहभागी रहेको बैठकमा चुनावसम्बन्धी तयारी, सुरक्षा योजना र समग्र वातावरणका विषयमा व्यापक छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
बैठकमा एमालेतर्फ महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेपाली कांग्रेसतर्फ महामन्त्री गगन थापा र पुष्पा भुसाल, नेकपाका नेता प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतमलगायत सहभागी छन्।
सरकारले व्यवस्थाका सबै पक्ष सुनिश्चित गर्न सर्वपक्षीय सहमतिको आवश्यकता रहेको भन्दै बैठक आयोजना गरिएको बताएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
