२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी आगामी निर्वाचनमा मजबुत रूपमा उभिने मात्र होइन, बहुमतसहित सत्ता सञ्चालनमा फर्किने दाबी गरेका छन्।

शनिबार च्यासलस्थित एमाले मुख्यालयमा नवयुग ई–बुलेटिनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त निर्वाचनको पर्खाइ गरिरहेको अवस्थामा एमाले त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताए। फागुन २१ गते नै निर्वाचन हुनेजस्तो अवस्था नभए पनि, कहिल्यै पनि हुने निष्पक्ष निर्वाचनमा एमालेले प्रचण्ड बहुमत ल्याउने उनको विश्वास छ।

ओलीले पुराना दलहरू समाप्त भएको भ्रम नबनाउन चेतावनी दिँदै आगामी राजनीतिक व्यवस्थापन पनि त्यही दलहरूको नेतृत्वमा जाने संकेत दिए। उनले एमाले सरकार ढाल्ने वा सत्ता समीकरण बदल्ने होडमा नरहेको स्पष्ट पार्दै, आफ्नो पार्टीमाथि जति नै प्रहार भए पनि एमालेले एक्लैले त्यसलाई सामना गर्ने जिकिर गरे।

भदौ २३ र २४ का घटनापछि देश प्रतिगमनतर्फ धकेलिएको आरोप लगाउँदै ओलीले संविधान र देशलाई पुनः सही दिशामा फर्काउनु अहिलेको प्राथमिकता भएको बताए। उनले अहिलेको सरकारले असंवैधानिक रुपमा सत्ता सम्हालेको आरोप दोहोर्याउँदै विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग राखे।

प्रधानमन्त्री आफ्नो गिरफ्तारीमा मात्र केन्द्रित रहेको टिप्पणी गर्दै, ओलीले आफ्नो विरुद्ध प्रमाण तयार गर्न चुनौतीसमेत दिए। उनले एमालेलाई देश, जनता, संविधान, लोकतन्त्र र विकासको पक्षमा निरन्तर सक्रिय रहने दलको रूपमा प्रस्तुत गर्दै, एमालेका गतिविधि अझ प्रभावकारी रूपमा सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याए।

ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई दृढ र स्पष्ट रूपमा प्रस्तुत गर्ने काम एमालेले गरेको दाबी गर्दै आफ्नो सम्बोधन टुंग्याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय