२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको थुनछेक बहस आज विशेष अदालतमा हुँदैछ। अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने निर्णय सुनाउनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अध्ययन प्रतिवेदन र अन्य प्रक्रिया नपु¥याई हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अधिकारी, भण्डारीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो। प्रतिवादीहरूमा तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक समृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापा समावेश छन् भने ४ जना फरार रहेको बताइएको छ।

अदालतले दुवै पक्षको बहस सुनेर धरौटी माग स्वीकार गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नेछ। अदालतले धरौटी स्वीकृत गरेमा उनीहरूले तोकिएको रकम बुझाएर रिहा पाउनेछन्, अन्यथा थुनामा राखिनेछ।

अख्तियारले महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित अन्य प्रतिवादीमाथि १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको सामूहिक बिगो कायम गरेको छ। घटनाले सरकारी संरचनामा पारदर्शिता र नियमनको महत्वबारे नयाँ प्रश्न उठाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय