२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

बिरामी बोक्न प्रयोग हुने नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता गरिएको एम्बुलेन्समा लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा सर्लाही प्रहरीले बरामद गरेको छ। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्सको पछाडिपट्टि बोराभित्र राखिएको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।

एम्बुलेन्स चालक ३७ वर्षीय सुरेन्द्र राय यादव रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठा बस्ने भएको बताइएको छ। बरामद गाँजाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीको चुरे क्षेत्रमा व्यवसायिक रूपमा गाँजा खेती हुँदै आएको छ र उत्पादित गाँजा बिक्रीका लागि भारत पठाउने गरिएको छ।

यस अघि मात्रै प्रहरीले लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ किलो गाँजा सहित पिकअप भ्यानसहित एक जनालाई नियन्त्रणमा लिएको थियो। यस घटनाले एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार भइरहेको खुलासासँगै प्रहरीको नजर इलाकामा थप कडा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय