२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

सातदलीय गठबन्धनको समर्थनमा मधेश प्रदेशमा नयाँ सत्ता–व्यवस्था स्थापित भएको छ। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सोमबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

यादव आगामी मंसिर २४ गते प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। उनी मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मधेशको नयाँ नेतृत्वका रूपमा मनोनित भएका थिए। उनलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र पूर्व–एकीकृत समाजवादीका सांसदहरूले समर्थन दिएका छन्।

यसअघि एमाले संसदीय दलका नेता सरोजकुमार यादव ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए। तर विश्वासको मत नपाउने स्थिति स्पष्ट भएपछि सरोजकुमार यादवले राजीनामा दिएका थिए। त्यसपछि गठबन्धनले कांग्रेसका यादवलाई नयाँ नेतृत्वका रूपमा अघि सारेको हो। शपथ ग्रहणसँगै यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय