२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका तयारीहरू अब अन्तिम चरणमा पुगेका छन्। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वमा रहेको टिम प्रतिनिधि सूचीकै अन्तिम रूप दिन व्यस्त छ।

अधिकारीका अनुसार महाधिवेशनका लागि २ हजार १ सय ५४ जना प्रतिनिधि प्रदेश तथा जिल्लाबाट निर्वाचित भएर आउनेछन्। साथै केन्द्रबाट १ सय ८ प्रतिनिधि मनोनीत गरिने भएकाले कुल प्रतिनिधि संख्या २ हजार २ सय ६२ हुनेछ।

यसैगरी महाधिवेशनको बन्द सत्रमा प्रतिनिधि बाहेक ३ सय ५१ जना सल्लाहकार सदस्य सहभागीका रूपमा उपस्थित हुने व्यवस्था गरिएको छ। सल्लाहकार परिषद् कुल ३ सय ७६ सदस्य रहेकोमा २५ जना निर्वाचित प्रतिनिधिमा परेकाले बाँकी सदस्यहरू सहभागीका रूपमा प्रवेश पाउनेछन्। यससँगै महाधिवेशनमा प्रतिनिधि र सहभागी गरी कुल २ हजार ६ सय १३ जना उपस्थित रहने अनुमान गरिएको छ।

प्रतिनिधिहरूका लागि आवश्यक परिचयपत्र छपाइको काम पनि तीव्र गतिमा भइरहेको छ। हालसम्म करिब ७० प्रतिशत कार्ड छपाइ भइसकेको र आगामी मंसिर २५ गतेभित्र सबै कार्ड र व्यवस्थापन पूर्ण रूपमा सकेर तयारी सम्पन्न हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

आगामी महाधिवेशनलाई पार्टीभित्रको नेतृत्व, नीति तथा संरचना पुनर्संरचनाको महत्वपूर्ण मोडका रूपमा हेरिँदै आएको छ, र तयारीको चहलपहल बढ्दै जाँदा पार्टीभित्र महाधिवेशनको माहोल झनै तातिएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय