२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

शिक्षामन्त्री महावीर पुनले ध्यान र योगलाई केवल मनाउने कार्यक्रमका रूपमा सीमित नराखी विद्यालय तहमै व्यवहारिक रूपमा लागू गर्नुपर्ने बताएका छन्। त्यसका लागि आगामी पाठ्यक्रममा ध्यान–योग समावेश गर्ने तयारी अघि बढाइरहेको उनले बताए।

दोस्रो विश्व ध्यान दिवस तथा ११औँ राष्ट्रिय योग दिवस–२०८२ मूल समारोह समितिको मंगलबार बसेको बैठकमा मन्त्री पुनले ध्यान र योगलाई कक्षामा पढाइ मात्र नभई अभ्यासका रूपमा ल्याउन आवश्यक नीति तथा संरचना बनाइँदै गरेको जानकारी दिए।

उनका अनुसार पाठ्यक्रममा समावेश गर्ने विषयमा दुई–तीन चरणको छलफल भइसकेको छ। साथै हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा ध्यान र योगलाई अनिवार्य राखेर विद्यार्थीलाई नियमित अभ्यास गराउने योजना मन्त्रालयले अघि सारेको छ।

मन्त्री पुनले शिक्षकहरूलाई नै ध्यान–योगको ज्ञान नभएकाले विद्यालयमा यसको निरन्तरता दिन कठिनाइ भएको बताए। “कैयौँ शिक्षकलाई ध्यान गर्ने विधि नै थाहा छैन,” उनले भने, “कक्षा सुरु हुनुभन्दा पहिला एक मिनेट ध्यान बस्ने संस्कार बसाल्न शिक्षकलाई नै तालिम दिन आवश्यक छ।”

उनले ध्यान–योग क्षेत्रमा काम गर्दै आएका संस्थाहरूलाई शिक्षक तालिममा सहयोग गर्न अनुरोध गर्दै, शिक्षा मन्त्रालय पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए।

त्यसैगरी उनले नैतिक शिक्षा कक्षामा पढाएर मात्र ९ र १० कक्षामा पुगेपछि नैतिकवान बन्न सकिँदैन भनी टिप्पणी गरे। उनका अनुसार, “नैतिकता सानै उमेरदेखि व्यवहारमा उतार्न सिकाउनुपर्छ। बाल कक्षादेखि कक्षा ५ सम्म नैतिक बानी बसाल्न सकेमा मात्र यसको प्रभाव देखिन्छ।”

मन्त्री पुनले विद्यालय शिक्षाको चरित्र सुधार्न ध्यान, योग र नैतिक अभ्यासलाई नियमित जीवनशैलीसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता दोहोर्‍याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय