२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, युवालाई जिम्मेवारी नदिएको टिप्पणी | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो दबदबा पुनः साबित गर्दै लगातार दोस्रो संस्करणमा फाइनल यात्रा सुनिश्चित गरेको छ।

मंसिर २३ गते कीर्तिपुरमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई एकतर्फी खेलमा ७८ रनमै अलआउट गर्दै सशक्त जीत दर्ता गरेको हो।

पहिलो संस्करणमा पनि फाइनलमा स्थान बनाएको सुदूरपश्चिम यसपटक पनि पहिलो फाइनलिस्ट बनेको छ। लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भोगिएको हारको बदला आजको खेलले पूर्ण रूपमा चुकाइएको देखियो। अब सुदूरपश्चिमले शनिबार हुने दोस्रो क्वालिफायरका विजेतासँग उपाधिका लागि भिड्नेछ।

विराटनगरको कमजोर ब्याटिङ, सुदूरको निर्णायक बलिङ

१५६ रनको मध्यम चुनौती पाएको विराटनगर सुरु नै खराब स्थितिमा फस्यो। पहिलो ओभरमै साम हिजलेट आउट हुँदा दवाव बढ्यो। केही क्षणमै मार्टिन गप्टिल रनआउट भएपछि विराटनगर २ विकेटमा २ रनमै झरिसकेको थियो।

हर्मित सिंहले अर्को विकेट झार्दै विराटनगरलाई ३ रनमै तीन विकेटमा पुर्‍याए। ओपनर फाफ डु प्लेसी मात्र जम्न सके, उनले ३६ रन बनाए तर अन्य ब्याट्सम्यान एकपछि अर्को आउट हुँदै गए। बसिर अहमदले १२ र मर्चेन्ट डे लाङले १५ रन बनाए पनि अरूले दोहोरो अंक छुन सकेनन्।

सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मित सिंह र अविनाश बोहराले २–२ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १–१ विकेट जोड्दा विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो।

विनोदको अर्धशतकबाट बनेको बलियो आधार

यसअघि सुदूरपश्चिमले ब्याटिङ गर्दै २० ओभरमा १५५ रन जोडेको थियो। ओपनर विनोद भण्डारी इनिङ्सका स्तम्भ बने, ५२ बलमा ६३ रन उनका नाम आए ३ चौका र २ छक्का सहित।

यस अर्धशतकले उनलाई प्रतियोगिताको रन सूचीमा दोस्रो स्थानमा पुर्‍याएको छ। एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे भने आरिफ शेखले पनि २० रन बनाए।

पहिलो विकेट चाँडै गुमाएपछि विनोदले लगातार साझेदारी बनाउँदै इन्ङ्स अघि बढाए। १९औं ओभरको अन्तिम बलमा आउट हुँदा उनले टीमलाई प्रतिस्पर्धी योगफलमा पुर्‍याइसकेका थिए।

विराटनगरका बलरमध्ये मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ विकेट लिए भने साम हिजलेट र सूर्य तामाङले १–१ विकेट हात पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय