२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयकी उपकुलपति सुशीला कार्कीले मुलुकले चाहेकाे सीपयुक्त मानवस्रोत र समृद्धिको सपना हासिल गर्न उच्च शिक्षामा ठूलाे लगानी अनिवार्य रहेको बताएकी छन्।

काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहको पहिलो चरणलाई सम्वाेधन गर्दै कार्कीले जेनजी आन्दोलनले उठाएका राष्ट्रिय आकाँक्षाहरूले गुणस्तरीय शिक्षालाई अझै केन्द्रमा ल्याएको उल्लेख गर्दै, “विश्व उच्च शिक्षामा तीव्र परिवर्तन भइरहेका बेला नेपालले लगानी बढाउन नसके अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन,” भनिन्।

उनकाे भनाइमा, आर्टिफिसियल इन्टेलिजेन्सदेखि भर्चुअल रियालिटीसम्मका प्रविधिले शिक्षामा नयाँ अवसर सिर्जना गरे पनि नेपालमा थोरै मात्र लगानी हुँदा प्रतिस्पर्धात्मक वातावरण बन्न सकेको छैन।

प्रधानमन्त्री कार्कीले उच्च शिक्षालाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता पनि जोडका साथ उठाइन्। शैक्षिक प्रशासनमा पार्टीगत हस्तक्षेपका कारण गुणस्तर खस्किएको उदाहरण दिँदै, सरकार केही ठोस सुधारका कदमकाे दिशामा अघि बढिरहेकाे उनले बताइन्।

समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालयकी उपकुलपति शान्तिश्री धुलिपुडी पण्डितले विद्यार्थीलाई किताबमा सिकेको ज्ञान व्यवहारमा पुर्‍याउने आग्रह गरे।

त्यसैगरी, केयूका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले पछिल्ला वर्षमा लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिएको र त्यसकै कारण ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको तथ्य प्रस्तुत गरे। उनले विदेशी विश्वविद्यालयहरूसँग करिब ३०० सम्झौता भएको, र ‘हिमालय युनिभर्सिटिज कन्सोर्टियम’ को सचिवालय केयूमा सारिएसँगै अन्तर्राष्ट्रिय सहकार्य नयाँ चरणमा प्रवेश गरेको बताए।

समारोहमा २,२०९ विद्यार्थी दीक्षित भए। स्नातकदेखि पीएचडीसम्मको तहका विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको थियो। १७ मुलुकका १९६ विदेशी विद्यार्थी समेत यसपटक दीक्षित भएका छन्।

उत्कृष्ट शैक्षिक उपलब्धिका आधारमा विभिन्न स्वर्णपदक प्रदान गरियो। स्पेनका एमसाइट कास्टेलानो मेन्चाकाले चान्सलर स्वर्णपदक पाए भने गौरव सिंह साउद, अरुणा बुढाथोकी, सौगात दङ्गाललगायतले आ–आफ्नो समूहमा उत्कृष्टताका पदक प्राप्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय